• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
  • Be a Writer
  • What is Cardiac Kids?
Thursday, July 17, 2025
  • Login
  • Home
  • नेपाली
    • समाचार
    • स्तम्भ
  • News
  • Analysis
  • Matches
    • Mens
      • Fixtures
      • Results
    • Womens
      • Fixtures
      • Results
    • U19
      • Fixtures
      • Results
  • Domestic Matches
  • Multimedia
    • Photos
    • Videos
  • Profile
    • Womens Players
    • Mens Players
    • Coaching Staffs
    • Nepal Records
      • ODIs
      • T20Is
  • Quiz
No Result
View All Result
Cardiac Kids Nepal
  • Home
  • नेपाली
    • समाचार
    • स्तम्भ
  • News
  • Analysis
  • Matches
    • Mens
      • Fixtures
      • Results
    • Womens
      • Fixtures
      • Results
    • U19
      • Fixtures
      • Results
  • Domestic Matches
  • Multimedia
    • Photos
    • Videos
  • Profile
    • Womens Players
    • Mens Players
    • Coaching Staffs
    • Nepal Records
      • ODIs
      • T20Is
  • Quiz
No Result
View All Result
Cardiac Kids Nepal
No Result
View All Result
Home Analysis

नेपालमा महिला क्रिकेट: इतिहास, समस्या र आगामी बाटो

Shishir Bhattarai by Shishir Bhattarai
May 20, 2024
in Analysis, नेपाली
Reading Time: 1 min read
0 0
0
नेपालमा महिला क्रिकेट: इतिहास, समस्या र आगामी बाटो

नेपाली पुरुष क्रिकेट पछिल्लो डेढ वर्षदेखि उत्कृष्ट प्रदर्शनका कारण राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ। चाहे १२ खेलमा ११ खेल जित्दै विश्वकप छनौट खेलेको हुन्छ वा पहिलो पटक एशिया कपमा सहभागिता वा १० वर्ष पछि भएको विश्वकपमा भएको छनोट नेपाली क्रिकेट अहिले चर्चाको शिखरमा छ र आगामी महिना विश्वकपमा विश्वको ध्यान खिच्न आतुर पनि। तर कुनै समय पुरुष क्रिकेटभन्दा धेरै आशा गरिएको महिला क्रिकेट अहिले ओझेलमा परेको छ।
२००७ मा एसीसी वुमेन्स टुर्नामेन्ट देखि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको महिला क्रिकेट पहिलो प्रतियोगितामा नै फाइनलमा पुग्न सफल भएको थियो जहाँ बंगलादेशसँग ८ विकेटले पराजित हुँदै नेपाल उपविजेता भएको थियो। ३० ओभरको फर्म्याटमा भएको पहिलो प्रतियोगितामा थाइल्याण्ड, हङकङ र चीनलाई पराजित गरेको नेपालले मलेसियासँगको खेल बराबरीमा रोकेको थियो। पहिलो प्रतियोगितामा नै गरेको प्रदर्शनले नेपाल चाँडै नै विश्वस्तरमा उदाउने धेरैको आशा थियो तर त्यसपछि महिला क्रिकेट बिस्तारै खस्किँदै नै गएको छ। टेस्ट मान्यता प्राप्त बंगलादेशले प्रतियोगिता नखेलेको अवस्था रहँदा पनि नेपाल फाइनलमा पुग्न पनि सकिरहेको छैन।

कहाँ चुक्दै छ महिला क्रिकेट?
नेपाली महिला क्रिकेटको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ, नयाँ तथा युवा खेलाडीको कमी। २००७ मै एशिया को बलियो एशोसियटको रूपमा रहेको टोलीले विगत केही वर्ष देखि नयाँ खेलाडीको पुल बनाउन सकिरहेको छैन। नेपाली क्रिकेट अझै पनि २००७ देखि २०११ को समयमै डेब्यु गरेका खेलाडीमा धेरै निर्भर छ। आइसिसीले २०१९मा सबै अन्तरराष्ट्रिय टोलीलाई टी २०आई मान्यता दिए यता ५५ टी२०आई खेलेको नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा पूर्व कप्तान रुबिना क्षेत्री, पूर्व उपकप्तान सीता रानामगर र कप्तान इन्दु वर्मा छन्। सीता २००७ मा नेपाली टिमले डेब्यु प्रतियोगिता खेलमा देखि राष्ट्रिय टीममा हुँदा रुबिना र इन्दु पनि क्रमश: २०१० र २०११ देखि नियमित राष्ट्रिय टोलीको सदस्य हुन्।

Nepali Womens Team travelling to Malaysia to play their first International Tournament in ACC Womens Tournament 2007


महिला क्रिकेटको लागि अर्को समस्या रह्यो क्रिकेट एशोसिएसन अफ नेपालमाथिको प्रतिबन्ध। २००७ देखि सुस्त गतिमै सही पाइला चालिरहेको महिला क्रिकेटलाई २०१६ मा नेपाल क्रिकेट संघमाथि लागेको ३ वर्ष लामो प्रतिबन्धले झन् पछाडि धकेल्यो। निजीस्तरदेखि घरेलू प्रतियोगिताको रूपमा केही प्रतियोगीता भइरहँदा पुरुष क्रिकेट जीवित रहँदा महिला क्रिकेट ठप्प जस्तै भयो। क्यानमाथिको प्रतिबन्ध आइसिसीले २०१९ मा फुकुवा त गर्यो तर क्यान पूर्णरुपमा चलायमान हुन पाउनुअघि नै पुरै विश्व कोविड १९ ले प्रभावित भयो।
यसरी विभिन्न समयक्रममा घटेका यी घटनाक्रम अनि नेपाली सामाजिक बनावटले नेपाली महिला क्रिकेट नयाँ युवा प्रतिभावान खेलाडीको कमीले गुज्रिरहेको छ।
पछिल्लो समय नेपाल क्रिकेट संघमा नयाँ समिति निर्वाचित भए यता नेपाली क्रिकेट नयाँ यात्रामा रहेको देखिन्छ र जसको लागि धेरै कार्यक्रम पनि आयोजना गर्ने प्रयासमा छ तर संभवतः पुरुष टोलीले प्राप्त गरेको सफलता अनि व्यस्तताले क्रिकेट संघले महिला क्रिकेटमा खासै धेरै ध्यान दिन सकिरहेको छैन भन्दा हुन्छ यद्दपी क्रिकेट संघले जारी गरेको वार्षिक क्यालेण्डर अनुसार नेपाली महिला क्रिकेट चलायमान हुने आशा हामी सबैको रहेको छ।

२०२४ मा महिला क्रिकेट
यस वर्षको सुरुवातमा नेपालले एशिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको एसीसी वुमेन्स प्रिमियर कपमा सहभागिता जनाएको थियो। १६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाइनलमा पुग्ने दुई टोलीले एशिया कपमा स्थान पाउने बताइएको थियो र सेमिफाइनलमा नेपाल तुलनात्मकरुपमा कमजोर मानिएको मलेसियासँग पराजित भयो। यद्दपी पछि एसीसीले एशिया कपमा खेल्ने टोलीको संख्या ६ देखि बढाएर ८ पुर्याउँदा अघिल्लो एसीया कपको सेमीफाइनल खेलेको थाइल्याण्ड र नेपाल थपिएका छन्। जुलाई १९ देखि श्रीलंकामा हुने एशिया कपमा नेपाल पूर्व विजेता भारत सँगै पाकिस्तान र एशिया कप छनौटको विजेता युएईको समूहमा रहेको छ। २ महिना पछि एशिया कपमा खेल्ने महिला टोलीले भने फेब्रुअरीयता कुनै अन्तर्राष्ट्रीय क्रिकेट खेलेको छैन।
तर भर्खरै नेपाल क्रिकेट संघले अघिल्लो डिसेम्बर-जनवरीमा भएको प्रधानमन्त्री कपका उत्कृष्ट ४ टोली र अन्य टोलीमा रहेका खेलाडी सम्मिलित ललितपुर मेयर ११ गरी ५ टोली सम्मिलित ललितपुर मेयर कप प्रतियोगिता गरेको थियो जसमा फाइनलमा सुदुरपश्चिमलाई पराजित गर्दै एपीएफ क्लवले उपाधि जितेको छ।

APF Club pose with the trophy after winning Lalitpur Mayor’s Cup 2024


वर्षको सुरूवातमा क्यानले चर्चाबीच घोषणा गरेको वार्षिक क्यालेण्डर अनुसार नेपालले एशिया कपअघि २ सहित जम्मा ४ दुई देशीय प्रतियोगिता खेल्ने जनाएको छ तर हालसम्म त्यसको कुनै तालिका सार्वजनिक भएको छैन। आशा गरौं चाँडै नै कम्तीमा एक सिरिजको घोषणा हुने छ। यसका साथै नेपाली अण्डर १९ टोलीले अर्को वर्ष हुने विश्वकपको छनोट खेल्ने कार्यक्रम पनि क्यालेन्डरमा समावेश छ।
घरेलू प्रतियोगिताको रूपमा वर्षको सुरुवातमा प्रधानमन्त्री कप, मैयादेवी कप (यु १९), सुशील कोइराला च्याम्पियनशिप (यु १९) र हालै ललितपुर मेयर कप गरी विभिन्न प्रतियोगिता भएका छन्। यसका साथै २०२७ मा घरेलू भूमिमा हुने यु१९ विश्वकप को तयारी स्वरुप गर्ल्स यु१६ प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतयोगिता यो वर्षको क्यानले क्यालेन्डरमा समावेश छन्। तर यी सबै प्रतियोगिताले खासै प्रचार पाएको देखिँदैन।

फ्यानको बेवास्ता
नेपाली फ्यान विश्व क्रिकेटमा नै चर्चित रहेको अवस्थामा महिला क्रिकेटको हकमा भने बिल्कुलै फरक देखिन्छ। पुरुष क्रिकेटको समयमा खचाखच भरिने मैदान महिला क्रिकेटको समयमा पुरै खाली देखिन्थ्यो। यसको लागि नेपाली समाजमा महिला र महिला क्रिकेटलाई हेर्ने नजर जिम्मेवार छ या महिला क्रिकेटले आफ्नो प्रदर्शनले दर्शक र समर्थकको ध्यान खिच्न नसकेको हो त्यो भने ठूलो प्रश्न रहेको छ।

आशा गरौं नेपाली महिला टोली अझै बलियो रूपमा अघि आउने छ र चाँडै नै अन्तर्राष्ट्रिय खेलको मैदानमा देखिने छ। आगामी खेल र खासगरी एशिया कपको लागि महिला क्रिकेटलाई शुभकामना।

Tags: Nepal Women

Related Posts

Match Preview: Nepal vs Canada
Analysis

Match Preview: Nepal vs Canada

by Shishir Bhattarai
September 16, 2024
0

Kathmandu, Nepal – After a seven-month hiatus, Nepal's national cricket team is all set to return to One Day International...

Read more
Nepal’s ICC T20 World Cup 2024 Campaign: Demonstrated Resilience, Yet Struggled to Finish Strong

Nepal’s ICC T20 World Cup 2024 Campaign: Demonstrated Resilience, Yet Struggled to Finish Strong

June 19, 2024
Nepal vs Bangladesh: A Clash of Aspirations and Redemption in ICC T20 World Cup 2024

Nepal vs Bangladesh: A Clash of Aspirations and Redemption in ICC T20 World Cup 2024

June 16, 2024
Nepal vs South Africa: Do or Die for Nepal in ICC T20 World Cup 2024

Nepal vs South Africa: Do or Die for Nepal in ICC T20 World Cup 2024

June 14, 2024
Nepal vs Sri Lanka: Ambition meets Experience in ICC T20 World Cup 2024

Nepal vs Sri Lanka: Ambition meets Experience in ICC T20 World Cup 2024

June 14, 2024
Nepal’s Probable Squad for T20 Cricket World Cup

Nepal’s Probable Squad for T20 Cricket World Cup

April 30, 2024
Load More
Next Post
Nepal vs Netherlands: A Clash of Associate Titans in ICC T20 World Cup 2024

Nepal vs Netherlands: A Clash of Associate Titans in ICC T20 World Cup 2024

Discussion about this post

ICC T20 World Cup 2024

Fixtures

Match Calendar

July 2025
S M T W T F S
« Jun    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Details

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
  • Be a Writer
  • What is Cardiac Kids?

Recent Posts

  • Match Preview: Nepal vs Canada
  • Nepal’s ICC T20 World Cup 2024 Campaign: Demonstrated Resilience, Yet Struggled to Finish Strong
  • Nepal vs Bangladesh: A Clash of Aspirations and Redemption in ICC T20 World Cup 2024

About us

Operating under the umbrella of Nepal Tribune Media, We are the home of adrenaline-fueled cricket in the heart of the Himalayas. At Cardiac Kids Nepal, we celebrate the indomitable spirit of Nepali cricket and the extraordinary moments that leave us breathless. Join us as we dive into the pulsating world of Nepali cricket, where resilience and determination create unforgettable stories.

Nepal Mens Players

Player
nepAarif Sheikh
nepAasif Sheikh
nepAbinash Bohara
nepAmrit Bhattarai
nepAnil Kumar Sah
View all players

------------------------Department of Information Registration Number: 304/73/074 ------------------------- Copyright © 2023 Cardiac Kids Nepal --------------------

No Result
View All Result
  • Home
  • नेपाली
    • समाचार
    • स्तम्भ
  • News
  • Analysis
  • Matches
    • Mens
      • Fixtures
      • Results
    • Womens
      • Fixtures
      • Results
    • U19
      • Fixtures
      • Results
  • Domestic Matches
  • Multimedia
    • Photos
    • Videos
  • Profile
    • Womens Players
    • Mens Players
    • Coaching Staffs
    • Nepal Records
      • ODIs
      • T20Is
  • Quiz

------------------------Department of Information Registration Number: 304/73/074 ------------------------- Copyright © 2023 Cardiac Kids Nepal --------------------

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In